प्रेमनाथ अधिकारी
प्रगतिशील तथा समाजवादी संस्कृति निर्माण गर्ने मूल लक्ष्य बोकेर समाजमा आफ्नो उद्देश्य परिपूर्ति गर्न क्रियशिल भाषा तथा लोक साहित्य, ललितकला, सङ्गीत, समाजशास्त्र, नाटक, चलचित्र तथा हाँस्य–व्यङ्ग्य क्षेत्रमा क्रियाशिल श्रष्टा कलाकारहरू, विद्वान वर्गप्राज्ञज्यूहरू सबैलाई गोलबद्ध गरी एउटै सुत्रमा बाँधेर साङ्गठनिक नियम र पद्धति अनुसार अनुशासित तवरले अगाडि बढाउनु राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको मूल धेय र उद्देश्य हो ।
नेपालको सामाजिक सांस्कृतिक रुपान्तरणको नेतृत्व गर्दै बुर्जुवा संस्कृतिको अन्त्य तथा समाजलाई दिग्भ्रमित पार्ने कु–संस्कार र रुढीवादी परम्परालाई समयानुकुल अभ्यस्त बनाउँदै समाज उपयोगी दिशा तर्फ डोहो¥याउनु नै हाम्रो प्रमुख कार्यभार हो । प्रकृति र संस्कृतिले धनि हाम्रो देशमा सांस्कृतिक जागरणसँगै यसको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनको अभियानमा आउने अनपेक्षित चुनौतिहरूको सामना र समाधान गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । यस अभियानमा सहभागी भई प्रगतिशील समाज निर्माणमा अमूल्य योगदान पु–यउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छ । धन्यवाद ।